काठमाडौं, २९ पुस । छक्का पञ्जा चलचित्र पाइरेसी गरेको आरोप लागेका २३ वर्षे कृष्ण सुवेदीले आत्महत्या गरेपछि सो चलचित्रका निर्माता तथा कलाकार दीपक राज गिरीले दुःख व्यक्त गरेका छन् ।
सुवेदीको आत्महत्या खबरले आफू दुःखी भएको आसय सहितको फेसबुकमा स्टाटस पोष्ट गरेका गिरीले सबैको भलो चाहने व्यक्ति नै सबै भन्दा बढी दुखी हुने बताए ।
‘यो मन बरु ढुङ्गा भए हुन्थ्यो, सबैको भलो चाहने व्यक्ति नै सबैभन्दा बढी दुःखी हुन्छ’, फेसबुकमा गिरीले उल्लेख गरेका छन् ।काठमाडौंको चावहिलस्थित आफ्नै डेरामा सुवेदीले बिहीबारराति झुण्डिएर आत्महत्या गरेका थिए ।
No comments: