Posted by
Unknown
|
Friday, 30 September 2016 |
04:10
आमाको माया
एक जना व्यक्तिले आफ्नी आमालाई एउटा वृद्धाश्रममा लगेर छोडिदियो । हरेक महिना ऊ आमाका लागि केही खर्च पठाइदिन्थ्यो, समय बित्दै गयो । एकदिन वृद्धाश्रमबाट उसलाई चिठी आयो, जसमा लेखिएको थियो : तिम्री आमा साह्रै बिरामी हुनुहुन्छ, छिट्टै भेट्न आउनु । ऊ वृद्धाश्रम पुग्दा आमाको हालत निक्कै खराब देख्यो । उसलाई लाग्यो आमाको अन्तिम दिन आइसकेको छ । उसले आमासँग सोध्यो : आमा तपाईंको केही इच्छा छ, भन्नुस् म पूरा गर्छु ।
आमा : बाबु, यो वृद्धाश्रममा पंखा हालिदिनु ।
छोरा : आमा तपाईंको अन्तिम समय आइसक्यो, अब तपाईंलाई पंखा के काम लाग्ला र ?
आमा : छोरा मैले गर्मीयाममा निक्कै गर्मी भोगेकी छु, त्यसैले सोच्दैछु, भोलि, पर्सि जब तिम्रा छोराछोरीले तिमीलाई वृद्धाश्रममा छोडेर जानेछन् तब तिमीलाई कष्ट नहोस्, तिमी त्यस्तो गर्मीमा कसरी बस्नेछौं भन्ने मेरो चिन्ता हो बाबु ।
No comments: